देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गठबन्धनका शीर्ष नेताको बैठक बस्दै, तालमेलको मोडालिटी टुङ्ग्याउने तयारी

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं –  सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सोमबार (आज) बस्नेभएको छ । स्थानीय चुनावमा तालमेलको मोडालिटीसम्बन्धी छलफल गर्न बिहान ९ बजे बालुवाटारमा बैठक बस्न लागेको हो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन तयारी तथा अनुगमन समितिको हिजोको बैठकमा भएको बैठकमा आज शीर्ष नेतासँग बस्ने निर्णय भएको थियो ।

सोमबारको शीर्ष नेताबीच स्थानीय तहबाट आएका प्रतिवेदनमाथि छलफल गरी आगामी रणनीति तय गर्ने बताइएको छ । आइतबार अनुगमन समितिले स्थानीय निर्वाचनका लागि गठबन्धन गर्ने सम्बन्धमा स्थानीय तहको रिपोर्टिङमाथि छलफल गरेको थियो ।

स्थानिय तहबाट प्राप्त प्रतिवेदनअनुसार गठबन्धनको मोडालिटी बनाएर शीर्ष नेतालाई बुझाउने तयारी रहेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार