देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गठबन्धनकै बिषयमा अलमलियो कांग्रेस

0

काठमाडौं – स्थानिय निर्वाचन एमसिसी अनुमोदन संसद सुचारु जस्ता बिषयहरु पेचिलो बन्दै गइरहेका बेला पाँच दलीय सत्ता गठबन्धनको निरन्तरताको विषयमा सत्ताको नेतृत्व गरिरहेको प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र दुई धार देखिएको छ ।

कांग्रेसको संस्थापन पक्ष र संस्थापन इतर पक्ष पाँच दल आबद्ध सत्ता गठबन्धनलाई आगामी तीनै तहका निर्वाचनमा निरन्तरता दिने वा गठबन्धन तोडेर जाने भन्ने विषयमा विभाजित बनेर आ-आफ्नै धारणा सार्वजनिक गर्न थालेपछी कांग्रेसी कार्यकर्तामा अन्योलता मात्रै छाएको छैन आगामी राजनितिक यात्राको बाटो समेत अल्मलिएको छ  ।

सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको संस्थापन समूह आगामी स्थानीय तहको निर्वाचन र त्यसपछिका प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमासमेत हालको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै अघि बढ्नुपर्ने पक्षमा टड्कारो रुपमा प्रस्तुत भएको देखिन्छ । देउवा समुहको यो अडानलाई नेता रामचन्द्र पौडेलको पनि साथ रहेको बुझिन्छ ।

तर कांग्रेसमा संस्थापन इतर समूहको नेतृत्व गरेका डा. शेखर कोइराला समूह भने सत्ता गठबन्धनको निरन्तरता अब आवश्यक नरहेको र यसले आगामि निर्वाचनमा कांग्रेसलाई घाटा मात्रै हुने निष्कर्षमा पुगेको छ । पछिल्लो समय स्थानीय तहको निर्वाचनका विषयमा गठबन्धन आबद्ध दलहरू अलमलमा परेपछि डा. कोइरालाले आगामि दिनमा गठबन्धनको आवश्यकता नरहेको र आगामी निर्वाचनमा कांग्रेस एक्लै अघि बढ्नुपर्ने धारणा सार्वजनिक गरेका थिए ।

संस्थापन इतर समूहबाट कांग्रेस महामन्त्रीमा निर्वाचित युवा नेता गगन थापासमेत आगामी निर्वाचनमा कांग्रेस कुनै दलसँग गठबन्धन गरेर नजाने र एक्लै भिड्ने बताउँदै आइरहेका छन् । तर, कांग्रेसले आगामी राजनितिक यात्रा एकल वा सामुहिक भन्ने बिषयमा भने पार्टिको आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार