देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गठबन्धनको बैठक मंगलबार बस्ने, तामेलको बिषय अझै अन्यौलमा

0

काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक मंगलबार (भोलि) बस्ने भएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्नेबारे थप निर्णय गर्न बैठक बस्न लागेको हो ।

सत्ता गठबन्धनको नेतृत्व गरिरहेका प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा भारत भ्रमण सकेर आइसकेकाले गठबन्धनको बैठक मंगलबार बस्ने भएको हो ।

नेपाली काँग्रेसले स्थानीय निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरिसकेपनि पाँच दलिय गठबन्धनमा भने यसको मोडालिटि बनिसकेको स्थिती छैन । मंगलबारको बैठकले तालमेलको ‘मोडालिटी’बारे बिस्तृत रुपमा निर्णय गर्ने नेताहरुको भनाइ छ ।

काँग्रेसले आवश्यकताका आधारमा स्थानीय तहहरुमा तालमेल गर्ने बताउदै आएको छ । यद्यपि काँग्रेका केही नेताहरुले तालमेलको गर्ने निर्णयको बिरोध जनाउदै आएको छ ।

काँग्रेस भित्रै एक्लै निर्वाचनमा जानु पर्ने र गठबन्धन गर्नु पर्ने भन्ने विवाद उब्जिरहहेको छ ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार