देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गठबन्धनको भर नभएपछी ओलिसँगको संवादमा देउवा

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौँ – सत्तारुढ दलको अविश्वाश बढ्दै जानथालेपछी नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी एमालेसँग संवाद अघि बढाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अलमल्याउने र धोका दिने रणनीति अख्तियार गरेको भन्दै सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी एमालेसँग संवाद अघि बढाएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार ‘दाहालबाट माओवादी केन्द्रको संसदीय दलको बैठकले ‘एमसीसी सम्झौताको प्रस्ताव संसदमा ल्याए विपक्षमा मतदान गर्ने र सरकार छाड्ने’ सन्देश सुनेपछि प्रतिपक्षी एमालेसँग संवाद अघि बढाउन आफू निकट नेताहरूलाई पठाएका थिए ।

प्रधानमन्त्री देउवाले बिहिबारको गठबन्धनको बैठकमा साझेदार दलसँग सहयोगका लागि अन्तिमपटक आग्रह गर्ने र त्यसमा सहमति नजुटे गठबन्धनलाई निरन्तरता दिन नसक्ने घोषणा गर्ने तयारी गरेको स्रोतले बतायो ।

कांग्रेस र एमालेबीच एमसीसी सम्झौता पास गर्ने, सभामुखविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तथा प्रदेशमा कांग्रेस र एमालेको संयुक्त सरकार निर्माण गर्ने र अहिले फुटाएका मन्त्रालय घटाएर छरितो मन्त्रीमण्डल बनाउने बिषयमा छलफल अघि बढेको ति छलफलमा सहभागी एक नेताले बताए ।

उनका अनुसार केन्द्रमा नेपाली कांग्रेस नेतृत्वको चुनावी सरकारलाई सघाउने तर सरकारमा सहभागी भने नहुने लगायतका विषयमा संवाद अघि बढेको हो ।

जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराईको समेत समर्थन लिएर एमाले र कांग्रेसले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउनुका साथै पारित गराउन गृहकार्य सुरु भैसकेको बुझिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार