देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘गठबन्धनमा हाम्रो पनि हक लाग्छ’ – बाबुराम भट्टराई

0

काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टाराईले गठबन्धनमा सहभागी हुने ईच्छा देखाएका छन् ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टाराईबीच मंगलबार अपरान्ह भएको भेटवार्तामा गठबन्धनमा सामेल हुनेबारे छलफल भएको हो ।

भेटवार्तामा भट्टराईको नयाँ पार्टीलाई गठबन्धनमा सहभागी गराउन आफू पनि सकारात्मक भएको प्रधानमन्त्री देउवाले बताएका छन् ।

अर्का अध्यक्ष महिन्द्र राय यादवसहित बालुवाटार पुगेका भट्टराईले चुनावी गठबन्धनकै बारेमा छलफल गरेको नेसपाका नेता विश्वदीप पाण्डेले बताएका छन् ।

‘मैले पनि सोचिरहेको थिएँ गठबन्धनमा तपाईँहरुलाई पनि सहभागी गराएर जानुपर्छ भनेर ।’, प्रधानमन्त्री देउवाले भने, ‘म सकारात्मक छु । एकपटक म अन्य गठबन्धनका दलहरुसँग पनि सल्लाह गरेर खबर गर्छु ।’

जवाफमा भट्टराईले भने, ‘यो गठबन्धन बनाउन हाम्रो पनि ठूलो भूमिका छ । त्यसकारण यो गठबन्धनमा हाम्रो पनि हकदाबी लाग्छ ।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार