देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गठबन्धनमा ६ महानगर र ११ उपमहानगरको भागबण्डामा सहमति (सूचीसहित)

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौँ – सत्तारुढ पाँचदलीय गठबन्धनले ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकाको भागबण्डामा टुङ्गो लगाएको छ।

बुधबार बसेको बैठकमा भएको सहमति अनुसार कांग्रेसले ३ महानगर र ७ उपमहानगरपालिकामा उम्मेदवारी दिने छ।कांग्रेसको भागमा भरतपुर, ललितपुर र विराटनगर महानगरपालिका परेका छन्। यस्तै धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको मेयर कांग्रेसले पाउने भएको छ।

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासहित जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको मेयर पद पाउने भएको छ।

यस्तै नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिका पाएको छ भने जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका र जनकपुर उपमहानगरपालिकाको नेतृत्व पाएको छ।

यो सहमतिपछि देशभरका सबै पालिकामा तालमेल गर्ने सहमति भएको गठबन्धन बैठकमा सहभागी एक नेताले जानकारी दिए। बुधबार भएको सहमतिले गठबन्धन दलहरूलाई चुनावमा जान बाटो खुलेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार