देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘गठबन्धनलाई उठ्नै नसक्नेगरी पछार्छौं’ – ओली

0

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनलाई सात दिन उठनै नसक्नेगरी पछार्ने चेतावनी दिएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले ‘गठबन्धनमा सहमती, एमसीसी पास हुने, गठबन्धन पनि नटुट्ने’ समाचार आएको उल्लेख गर्दै उनीहरुलाई एकमुष्टरुपमा उठनै नसक्नेगरी पछार्ने बताएका हुन्।

शुक्रबार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले सत्तारुढ गठबन्धन आगामी निर्वाचनमा धुलोपिठो हुने भयले पनि नटुटने तर्क गरे।

अध्यक्ष ओलीले भने, ‘प्रचण्डले २९ सेप्टेम्बरमा पाँच महिनामा एमसीसी पास गर्छु भनेर संयुक्त पत्र पठाएका छन्। अस्ति फेरि एमसीसी पास नगर्ने भनेका छन्। यो मान्छे हो कि पुतली हो? कुन सहि हो, कुन गलत हो?’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार