देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गठबन्धनले तालमेलको मोडालिटी मंगलबार टुङ्ग्याउने

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – स्थानीय  निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक भाेलि पनि बस्ने भएको छ । बैठक साँझ ४ बजे बस्ने जानकारी दिए ।

सोमबार बालुवाटारमा बसेको बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कसरी निर्वाचन सफल बनाउने भन्ने विषयमा छलफल भएको जानकारी दिए ।

“आजको बैठकमा स्थानीय  निर्वाचनलाई कसरी सफलतापूर्वक सम्पन्न गर्ने र गठबन्धन समर्थित उमेदवारहरुलाई कसरी विजय गराउने बारेमा छलफल भएको छ,” उनले भने ।

सोमबारको बैठकपछि सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार बेलुका ४ बजे बस्ने बैठकले मोडालिटीबारे टुङ्गो लगाउने जानकारी दिए । ‘चुनावी तालमेलको मोडालिटी मंगलबार चार बजे बस्ने बैठकले टुङ्गो लगाउँछ’, मन्त्री कार्कीको भनाइ छ ।

सोमबार बसेको पाँच दलीय गठबन्धनको उच्चस्तरीय बैठकले स्थानीय निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन संयुक्त अपिल गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार