देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गठबन्धनले पार्टीलाई घाटा हुने कोइराला समूहको निष्कर्ष

0

काठमाडौं – नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पाँच दलिय गठबन्धनले आगानमी निर्वाचनमा कांग्रेसलाई घाटा पुर्याउने निष्कर्ष निकालेको छ ।

आगामी निर्वाचनको सन्दर्भमा पार्टीको आधिकारिक धारणा बनाउन डा. शेखर कोइरालाले आफू निकट नेताहरूसँग गरेको भर्चुअल संवादले यस्तो निष्कर्ष निकालेको हो ।

कतिपय नेताहरू राष्ट्रिय सभाको निर्वाचनका लागि काठमाडौं बाहिर रहेका र उनीहरू काठमाडौं फर्किएपछि थप छलफल गरेर आफ्नो समूहको धारणा बनाउने र पार्टी सभापतिसँग छलफल गर्ने निष्कर्ष निकालिएको संवादमा सहभागी नेता बलबहादुर केसीले बताए ।

नेता केसीका अनुसार निर्वाचनको सम्बन्धमा गठबन्धका नेताहरूले विभिन्न धारणा बाहिर ल्याएको तर कांग्रेसले निर्वाचनको सम्बन्धमा आधिकारिक धारणा बनाउन नसकेको उनीहरूले औंल्याएका थिए ।

संवादमा महामन्त्री गगनकुमार थापा, नेताहरू अर्जुन नरसिंह केसी, डा. चन्द्र भण्डारी, डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी लगायत रहेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार