देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गठबन्धन बैठकमा एमसीसी बहस निष्कर्षविहीन

0

काठमाडौं – अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे छलफलका लागि बसेको सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन बनेपछि अर्को बैठक पुनः फागुन ८ गते आइतबार बस्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रेस सल्लाहकार रमेश मल्लले जानकारी दिए ।

‘गठबन्धनको अर्को बैठक २०७८ फागुन ८ गते बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी आजको बैठक सकिएको  हाे ।

आज बस्ने प्रनितिधिसभाको बैठकमा एमसीसी टेबल गर्ने तयारी रहेको बेला आज सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका थिए ।यसअघि बिहीबार साँझ पनि नेताहरु छलफलमा जुटे पनि कुनै निष्कर्ष निस्किन सकेको थिएन । सत्तारुढ गठबन्धनको बैठकमा एमसीसीबारे सहमति नजुटेपछि आजको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल नहुने भएको छ ।

द्वारा लेखिएको

भवनाथ आचार्य

सम्बन्धित समाचार