देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गणतन्त्र दिवसको शुभकाना- लक्ष्मण तिमल्सिना

0

भोकायो खुकुरी भनेर कसले घाँटी कहा अर्पनुर ?
रोगाए जनता भने जहरको पोको कहाँ सुम्पनु ?
जीवन् हो हर जीवको जिउनुमा साँच्चै अधिकार छ ।
आयो जीवनमा चुनौती जहिले झेल्ने सुसंस्कार छ।

आएको गणतन्त्र हो सहिदका साँच्चै बलिदानले ।
ल्याएको गणतन्त्र हो समयको सन्दर्भ सच्चाइले ।
खोजेको जनले सुशासन यहाँ पाएन ऐले तक ।
दुत्कारौँ कति व्यर्थ राहत दिनै भ्याएन ऐलेतक।

छाडा धङ्धङी जो निरङ्कुश प्रथा खोज्ने कुरा होइन ।
भाडाका हरिलन्ठका भ्रम परी कुद्ने कुरा होइन ।
फिक्का छन् दलका सुशासन यहाँ नेता निरङ्कुश् भए ।
तिम्रा भोक मिटाउने प्रलय त्यो बोक्ने निकम्मा रहे।

के लेखौं, कविता कुनातिर लुकी यी शब्द सञ्जालमा ।
जेजे भोग्नु थियो भयो अव पुग्यो के हुन्छ नेपालमा ।
लुच्चा शासक बुर्जुवा दमनले छोडेन ऐलेतक ।
चुस्ने तस्करका छ लस्कर सधैँ सुध्रन्छ कैलेतक ?

रुन्चे तस्विर झुडिए सहिदका सन्मानको भानमा ।
पिन्चे रोदनले कराउनु कतिरुटर्थ्यो समाधानमा ।
बन्दी त्यो छ निकम्मझैँ सदनले दिन्नन् समाधान हे !
द्वन्दी लस्करका वृथा बहसले होला समाहार के ?

वस्तु हो कुहियो भनौ यदि भने मान्छे विराज्मान छ ।
पानी हो चुहियो भनौ कित भने चौतर्फ दुर्गन्ध छ ।
त्यै पानी ढलमा गएर मिसिँदा दुर्गन्धं दुर्गन्ध छ ।
त्यस्तै भो दल ता ढलै ढल बगे झै खोट दुर्नाम छ।

जागा छन् जनता सुशासन सधैँ खोजे अझै एकता ।
यै प्यारो गणतन्त्र हो मिलनको आधार हो शिष्टता ।
अर्को पक्ष विकल्प छैन तर यो धोका नहोस् आखिर
फेरी सर्जकले त कोर्नु न परोस् तीखा कलम् यस्तिर।

कालो बादलको धुवाँ र धमिलो फाटोस् तुवाँलो अझ ।
पारोस् छिन्न र भिन्न यो सलिलले मेटोस् धुली धूसर ।
प्यारो निर्मल लोकतन्त्र नमुना हुर्की मुना सुन्दर ।
छाओस् सान्ती सधैँ समुन्नत रहुन् फुर्केर लाखौँ जन।

इन्द्रावती ५सिन्धुपाल्चोक

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार