देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गण्डकीका मुख्यमन्त्री पोखरेल काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

0

काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र (नेपाली) पोखरेल नेपाली काँग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका छन् । शेखर कोइराला प्यानलबाट चुनाव लडेका उनी गण्डकी प्रदेशको खुलातर्फको केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।

गण्डकी प्रदेशको खुल्ला केन्द्रीय सदस्यका लागि ४६६४ मत खसेको थियो । खसेको मत मध्ये उनले २३०६ मत ल्याएका थिए ।

यस्तै सभापति शेरबहादुर देउवा प्यानलका ध्रुव वाग्लेले २७२० मत ल्याएर गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

यो प्रदेशमा केन्द्रीय सदस्यका प्रत्यासी सोभियत अधिकारीले २०३४ र रेशम बानियाँले १९३८ मत पाए ।
द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार