देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

0

काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्।

६० सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा पाण्डेका पक्षमा नेपाली कांग्रेसका २७, राप्रपाका २, नेपाल समाजवादीका १ र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३१ सांसदले मत दिएका हुन्।

यससँगै संविधानको धारा १६८ (३) अनुसार नियुक्त भएका मुख्यमन्त्री पाण्डेले बहुमत पाएका हुन् ।

माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेका थिए।

यता स्वतन्त्र सांसद दीपक मनाङले पनि विश्वाशको मत दिएर प्रतिपक्षी कित्ता फेरेका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार