देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गण्डकीको मुख्यमन्त्रीमा अधिकारी, चुमान र मनाङे विना विभागिय मन्त्री

0

काठमाडौं – गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार दिउँसो संविधानको धारा १६८ (२) बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। 

मुख्यमन्त्रीमा अधिकारीलाई सपथ ग्रहण गराएसँगै स्वतन्त्र सांसद राजीव गुरुङ(दीपक मनाङे) र माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले पनि विनाविभागिय मन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन्। 

अधिकारीले गण्डकीमा एमालेका २२,माओवादीका ८ र नेकपा एसका १ सांसदको समर्थन आफूलाई रहेको भन्दै दाबी पेस गरेका थिए।

गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी ८ (सभामुखसहित), राप्रपाका २ र नेकपा एसका १ सांसद छन्।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार