देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री अधिकारीले पाएनन् विश्वासको मत

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार ढलेको छ। शनिबार गण्डकी प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकार ढलेको हो।

प्रदेश सभाको शनिबारको बैठकमा उपस्थित ५९ सांसदमध्ये २४ जनाले मात्रै अधिकारीको विश्वासको मतको पक्षतमा मतदान गरे। विश्वासको मतको प्रस्तावको विपक्षमा ३५ सांसद उभिए।

६० सदस्यीय प्रदेश सभामा राप्रपा सांसद बिन्दु अधिकारी पहाडी अनुपस्थित थिइन्। उनी बिरामी भएकाले उपस्थित हुन नसकेको जनाइएको छ।

प्रदेश सभाको विश्वास गुमाएसँगै अधिकारी मुख्यमन्त्रीबाट पदमुक्त भएका छन्। गत पुस २५ मा एमालेसहित माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा अधिकारी मुख्यमन्त्री बनेका थिए। तर, गत चैत १० गते माओवादी समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो।

प्रदेश सभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादीका सभामुखबाहेक सात, राप्रपाका दुई जना र एक जना स्वतन्त्र सांसद छन्। अब ठूलो दलको नेताको हैसियतले कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने भएका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार