देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गण्डकीमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

0

पोखरा– गण्डकी प्रदेशमा बुधबार थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा क्षयरोग उपचार केन्द्र, चितवनको भरतपुर अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा प्रदेशका विभिन्न जिल्लामा गरी थप २५ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार २ सय २८ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पूर्वी नवलपरासीमा ११, म्याग्दीमा ९, तनहुँमा ३, गोरखा र कास्कीमा १/१ जना संक्रमित भेटिएको हो ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले बताए ।

प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ९ सय २५ पुगेको छ । कोरोना संक्रमणबाट स्याङजाका २, गोरखा र बागलुङ एकएक गरी ४ जनाको मृत्यु भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार