देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गण्डकीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

0

पोखरा – गण्डकी प्रदेशमा बिहीबार थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पोखरास्थित क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गण्डकी प्रदेशका ३ जिल्लामा गरी थप ५ जनामा संक्रमण देखिएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयको अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ५० पुगेको छ । बिहीबार थपिएका संक्रमित मध्ये पर्वतका २, कास्कीका २ र स्याङजाका एक जना रहेका छन् ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जनाकारी दिए । गण्डकी प्रदेशमा कोरोनाको संक्रमण मुक्त हुनेको संख्या १ हजार ९१ पुगेको निर्देशनालयले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार