देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गण्डकीमा फ्लोरक्रस गरेका देवकोटा बने ऊर्जा मन्त्री, मनाङेलाई फेरि भौतिक मन्त्रालय

0

काठमाडौं – गण्डकी प्रदेश सरकार विस्तार भएको छ। सोमबार विश्वासको मत पाएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज मंगलबार सरकार विस्तार गरेका हुन्।

मुख्यमन्त्री पाण्डेले स्वतन्त्र सांसद (राजीव गुरुङ)दीपक मनाङे र माओवादी चुनाव चिह्न लिएर चुनाव जितेका नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटालाई मन्त्री बनाएर मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

मनाङे र देवकोटालाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका हुन्। गण्डकीमा चतुर मानिएका मनाङे फेरि पनि भौतिक पूर्वाधार मन्त्री बनेका छन्। उता फ्लोरक्रस गरेका देवकोटा ऊर्जा मन्त्री बनेका छन्।

गोरखाबाट २०७९ को निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नबाट विजयी उनले सोमबार ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएका थिए ।

माओवादी दलको ह्विप उलंघन गरेको भोलिपल्ट देवकोटालाई मुख्यमन्त्री पाण्डेले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनाएका हुन्। देवकोटाले मंगलबार नै पद तथा गोपनीयतको सपथ लिएका छन् ।

उता छैटौं पटक सरकारमा पुगेका स्वतन्त्र सांसद दीपक मनाङे (राजीव) गुरुङलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बनाइएको छ । उनले पनि मंगलबार सपथ लिएका छन् । मनाङे यससँगै छैटौँ पटक मन्त्री भएका हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार