देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गण्डकीमा १८ जनामा कोरोना संक्रमण पुष्टि

0

(पोखरा) – गण्डकी प्रदेशका विभिन्न जिल्लामा गरी मंगलबार थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

मंगलबार गोरखामा १०, स्याङजामा ४, पूर्वी नवलपरासीमा २, कास्की र बागलुङमा १/१ गरी १८ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसंगै प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । निर्देशनालयका अनुसार संक्रमितमा १ महिला र बाँकी सबै पुरुष छन् ।

उनीहरु सबै भारतबाट फर्किएर सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा बस्दै आएका थिए । प्रदेशका मनाङ र मुस्ताङ बाहेक अरु ९ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार