देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गण्डकी प्रदेशको मुख्यमन्त्री बन्दै कांग्रेसका पाण्डे

0

काठमाडौं – गण्डकीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे आज मुख्यमन्त्री बन्ने भएका छन्।

सर्वोच्च अदालतको परमादेश अनुसार पाण्डे संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको नेताको हैसियतले बुधबार मुख्यमन्त्री बन्न लागेका हुन्।

उनलाई ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले सोमबार परमादेश जारी गरेको थियो। सर्वोच्चले दिएको समय अनुसार मुख्यमन्त्री नियुक्त गर्ने आज अन्तिम दिन हो।

गण्डकी प्रदेश प्रमुखको कार्यालका प्रवक्ता चण्डी प्रसाद अर्यालले प्रदेश प्रमुखको कार्यालय तयारी अवस्थामा रहेको जानकारी दिए।

‘सर्वोच्चको परमादेशअनुसार नै हुन्छ। हामी तयारी अवस्थामा छौं । उताबाट १२ बजेसम्म पत्र आउने भनिएको छ। सबै नियमानुसार हुन्छ,’ उनले भने।

गण्डकी मुख्यमन्त्री खगराज अधिकारीले संविधानसम्मत विश्वासको मत नपाएको ठहर गर्दै सोमबार सर्वोच्चले उनको विश्वासको मत  बदर गरिदिएको थियो।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार