देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गण्डकी प्रदेशमा सोमबार थप ८ जनामा कोरोना संक्रमण

0

पोखरा  – गण्डकी प्रदेशका थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा विभिन्न ५ जिल्लामा थप ८ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार पूर्वी नवलपरासी (नवलपुर), तनहुँ र बाग्लुङमा २–२ जना तथा म्याग्दी र स्याङ्जामा १–१ जनामा संक्रमण देखिएको हो ।

निर्देशनालयले सोमबार सार्वजनिक गरेको अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८८ पुगेको छ ।

नवलपुरको विनयत्रिवेणी–१ मा ६ वर्षीया बालिका र २८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । तनहुँको ब्यास–५ र शुक्लागण्डकी–४ मा १–१ जनामा कोरोना पुष्टि भएको छ ।

बाग्लुङ नगरपालिका–२ मा २० र २२ वर्षका दुई जना पुरुषमा पनि कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयलले जनाएको छ ।म्याग्दीको बेनीमा २० वर्षीय पुरुष र स्याङ्जाको पुतलीबजारमा ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार