देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

0

काठमाडौं – मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध माओवादी केन्द्र र कांग्रेसले अविश्वास प्रस्ताव दर्ता गर्ने चर्चा चलिरहेको बेला गण्डकी प्रदेशसभाको चालु अधिवेशन बुधबार मध्यरातदेखि नै अन्त्य भएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बैशाख १ गते राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन्।

शेरचनले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रदेश सरकार गण्डकी प्रदेश, मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालु अधिवेशन संवत् २०७८ साल वैशाख ०१ गते बुधबार रातको १२ :०० बजे देखि अन्त्य गरेको छु।’

बिहीबार प्रमुख प्रतिपक्षी कांग्रेसले गण्डकीमा एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी थियो। प्रतिपक्षी नेता कृष्णचन्द्र नेपाली पोखरेल पार्टी सभापति शेरबहादुर देउवालाई बुधबार काठमाडौंमा भेटेर फर्किएपछि बिहीबारै उक्त प्रस्ताव दर्ता हुने कांग्रेसले तयारी गरेको थियो।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार