देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गण्डकी प्रदेश सभाको बैठक बस्दै, कांग्रेसले बहिस्कार गर्ने

0

काठमाडौं – गण्डकी प्रदेश सभाको बैठक आज बस्दै छ । बजेटका विषयमा छलफल गर्न प्रदेश सभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

प्रतिपक्षीदल नेपाली काँग्रेसले भने सभा बैठक बहिस्कार गर्ने जनाएको छ ।

मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मतविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यसको अन्तिम किनारा नलागेसम्म संसद बैठकमा सहभागी नहुने कांग्रेसले जनाएको छ ।

मुद्दाको अन्तिम किनारा नलागेसम्म प्रदेश सभा बैठक र सरकारले गर्ने कुनै पनि कार्यमा कांग्रेसको सहभागिता नरहने कांग्रेस संसदीय दलका प्रमुख सचेतक न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अदालतको आदेशविपरीतको काम गरे कांग्रेस संसदीय दललाई मान्य नहुने चेतावनी दिँदै त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं सरकार हुने कांग्रेसले चेतावनी दिएको छ ।

६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्री अधिकारीले ३० सांसदको समर्थन पाउँदा सभामुखले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए । यही विषयलिएर सरकाको वैधानिकताको प्रश्न लिएर कांग्रेस सर्वोच्च अदालत गएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार