देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गण्डकी प्रदेश सभापतिमा संस्थापन इतरबाट शर्मा

0

काठमाडौं – नेपाली काँग्रेसको गण्डकी प्रदेश सभापतिमा रामचन्द्र पौडेल प्यानलबाट शुक्रराज शर्मालाई उठ्ने भएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार साँझ एक कार्यक्रममा शर्मालाई उम्मेदवार बनाउने घोषणा गरेका हुन् । शर्माले विगतमा १७ वर्ष कास्की काँग्रेसको सभापति भएर काम गरेका थिए ।

सभापति शेरबहादुर देउवा प्यानलबाट पर्वतका नेता अर्जुनप्रसाद जोशीलाई एकल उम्मेदवारका रुपमा उठाइएको छ ।

पौडेल समूहमा आकांक्षी धेरै देखिएकाले बुधबार पोखरामा वरिष्ठ नेता रामचन्द्र पौडेल र शशांक कोइराला लगायतका केन्द्रीय नेताले बैठक डाकेर सहमतिको प्रयास गरेका थिए ।

संस्थापनइतर समूहबाट प्रदेश सभापतिमा शुक्रराज शर्मा, कास्कीका यज्ञबहादुर थापा, देवराज चालिसे, नवलपुरका महेन्द्रध्वज जिसी र तनहुँका रघुनाथ पौडेलले सभापतिमा उम्मेदवार बन्ने घोषणा गरेका थिए ।

पौडेल पक्षको निर्णयसँगै अब प्रदेश सभापतीमा देउवा प्यानलका जोशी र शर्माबीच प्रतिस्पर्धा हुने भएको छ ।
द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार