देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गण्डकी प्रदेश सरकारविरुद्ध कांग्रेस अदालत जाने

0

काठमाडौं – नेपाली कांग्रेसले गण्डकी प्रदेशमा सरकार गठन असंवैधानिक भएको निष्कर्ष निकाल्दै कानुनी उपचार खोज्ने निर्णय गरेको छ।

बुधबार सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले गण्डकी सरकार गठन विरुद्ध न्यायालय जाने निर्णय गरेको हो।

संविधानविपरीतका गतिबिधि सच्याउन कांग्रेसको भुमिका आवश्यक रहेकाले कानुनी उपचारमा जाने निष्कर्ष निकालिएको पार्टी उपसभापति धनराज गुरुङले बताए।

‘गण्डकी प्रदेश सरकार गठनको क्रममा अन्याय भएको छ, न्याय खोज्नेछौँ । संविधान मिचिएको छ, संविधान मिच्न हुन्न भनेर अगाडि बढ्ने छौँ, असंबैधानिक कदम चालेकोप्रति हामी गम्भिर छौँ । न्याय खोज्न न्यायलय जानेबारे बैठकमा गम्भिर छलफल भयो,’ बैठकपछि गुरुङले भने।

६० सदस्यीय गण्डकी प्रदेश सभामा ३० जनाको समर्थनलाई बहुमत मान्दै सभामुखले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेपछी उक्त बिषय विवादमा छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार