देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गभर्नर अधिकारीको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अन्तरिम आदेश (पूर्ण पाठसहित)

0

काठमाडौं – सर्वाेच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।

रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको इजलासले दुवै पक्षलाई छलफलका लागि वैशाख १३ गते अदालतमा हाजिर हुन भनेको छ।

सरकारलाई असहयोग गरेको भन्दै अधिकारीलाई निलम्बन गरेको थियो। निलम्बनमा परेपछि अधिकारीले गैरकानुनी, बदनियतपूर्ण र पूर्वाग्रह रूपमा जाँचबुझ समिति गठन गरेर निलमबन गरिएको दाबी गर्दै रिट दायर गरेका थिए।

जाँचबुझ समिति गठन गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्नुका साथै आफूमाथि निलम्ब समेत फुकुवाको आदेश जारी गर्न माग गरेका थिए।  २४ चैत २०७८ मा बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई निलम्बन गर्दै जाँचबुझका लागि समिति गठन गर्ने निर्णय गरेको थियो।

गभर्नर अधिकारीले दर्ता गरेको रिट निवेदनमाथि मंगलबारदेखि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ सुरु भएको थियो।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार