देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गम्भीर मुद्दाका अभियुक्त धमाधम उम्मेदवार सिफारिस

0

काठमाडौं – गम्भीर प्रकृतीको मुद्धामा जेल जिवन विताइरहेका विभिन्न कसुरमा निलम्बनमा परेका व्यक्ति प्रतिनिधि सभा निर्वाचनको उमेद्वार बन्न प्रमुख सत्तारुढ दलबाटै सिफारिस भएका छन् ।

आफ्नो कसुरको प्रमाण नष्ट गर्न बम विस्फोटका मृतक र घाइतेलाई ईंट्टाभट्टामा हालेको आरोप लागेका कांग्रेसका मोहम्मद अफताब आलमलाई रौतहट–२ बाट उमेद्वार बनाउन सिफारिस गरेपछी नेपाली राजनितीमा नयाँ तरङ्ग छाएको हो । २०७६ असोजदेखि जेलमा भएका आलमको मुद्धामा जिल्ला अदालतले अझैसम्म फैसला गर्न सकेको छैन ।

यसैगरी एसएसपीसहित ९ जना मारिएको टिकापुर हत्याकाण्डमा जोडिएका रेशम चौधरीले भने आफुविरुद्ध अदालतमा मुद्दा दर्ता भएकै अवस्थामा प्रतिनिधिसभा निर्वाचन जितेका थिए ।

२०७२ सालमा टिकापुरमा प्रदर्शनकारीद्वारा उच्च प्रहरी अधिकारीसहितको विभत्स हत्याको घटनामा मुख्य योजनाकार भनिएका चौधरी आफ्नो नाम जोडिएपछि फरार रहेकै अवस्थामा कैलालीबाट प्रतिनिधिसभा निर्वाचन जितेपछी अदालतमा हाजिर भएका थिए । पछि जिल्ला अदालतले २० वर्ष कैद सजाय गर्ने फैसला ग¥यो । उच्च अदालतबाट २५ वर्ष कैद सजाय पाएका चौधरीको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन छ ।

त्यस्तै नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले बालुवाटारको ललितानिवास प्रकरणमा भ्रष्टाचार मुद्धा खेपिरहेका छन् । विशेष अदालतले उनीसँग धरौटी मागेको थियो । गच्छेदारको मुद्धामा फैसला भने भएको छैन ।

नेपाली कांग्रेसका अर्का नेता टेकबहादुर गुरुङ पनि भृकुटीमण्डपको फनपार्क क्षेत्रको जग्गा भाडामा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचारको मुद्धा खेपिरहेका छन् ।

यस्तै बदनाम ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनका पुर्वअध्यक्ष संघीय समाजवादी फोरम नेपालका सांसद हरिनारायण रौनियार पनि बर्दियाको गुलरियामा पुल बनाउने क्रममा करोडौँको भ्रष्टाचार गरेको आरोपमा मुद्दा खेपिरहेका छन् । रौनियारविरुद्ध १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ बिगो माग गरिएको छ । विशेष अदालतले यो मुद्धाको पनि फैसला गरेको छैन ।

मुद्धा खेपिरहेका यी सबै आगामी चुनावमा आकांक्षी देखिएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार