देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गरिबी निवारणको ११ करोड लुकाउनेविरुद्ध अख्तियारको छानबिन शुरु

0

काठमाडौं – गरिबी निवारण कोषको जिन्सी सामान हिनामिना तथा ११ करोड रूपैयाँ  लुकाएर भ्रष्टाचार गर्नेमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ । गरिबी निवारण कोषको नियमित कार्यक्रम बन्द भएपछी जिन्सी सामानमा ब्यापक रुपमा हिनामिना भएको उजुरिका आधारमा अख्तियारले छानबिन शुरु गरेको हो ।

यो प्रकरणमा संलग्न कोषका तत्कालीन कार्यकारी निर्देशक नहकुल केसीलगायतसँग बयान लिएको अख्तियारले यससँग जोडिएकी अर्की पात्र  रोस्लिना महर्जनलाई पनि बयानका लागि बोलाएको छ । आयोगले ०७७ असोज २५ गते सार्वजनिक सूचना जारी गर्दै काठमाडौं महानगरपालिका–३ स्थायी ठेगाना भई अहिले बानेश्वर बस्दै आइरहेकी महर्जनलाई बयानमा बोलाएको हो । अख्तियारले उनलाई ७ दिनभित्र उपस्थित हुन भनेको छ । तोकिएको समयमा उपस्थित नभए कानूनअनुसार प्रक्रिया अघि बढ्ने आयोगले प्रष्ट पारेको छ ।

गरिबी निवारणका लागि स्थापना भएको कोषमा तत्कालीन कार्यकारी निर्देशक केसीले गोरखधन्दा चलाएका थिए । उनले जिन्सी सामान हिनामिना गर्नुका साथै सुनील रिजाल र आफ्नो नाममा एनसीसी बैंकमा संयुक्त खाता खोली ११ करोड रकम लुकाएका थिए । यसबारे उजुरी परेपछि अहिले अख्तियारले यससँग जोडिएकामाथि बयान लिइरहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार