देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गरिब देशमा वृद्धभत्ता लिएर बोझ बढाउन चाहन्नँ – डा. भट्टराई

0

काठमाडौँ –  जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले बजेटमार्फत वृद्धभत्ताका लागि उमेर हद घटाएको भन्दै असहमति जनाएका छन् ।

आइतबार आगामी आर्थिक वर्षका लागि संसद्‍मा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेस पेस गरेपछि प्रतिक्रिया जनाउँदै पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले ६८ वर्ष पुग्न लागेको भन्दै आफूले वृद्ध भत्ता नलिने घोषणा गरेका हुन् ।

`म पनि ६८ वर्ष पुग्दैछु । यो घटाउन आवश्यक थिएन । एकीकृत प्रकारको सामाजिक सुरक्षा आउनु पर्दथ्यो । गरिब देशमा वृद्धभत्ता लिएर बोझ बढाउन चाहन्नँ । म वृद्धभत्ता नलिने घोषणा गर्दछु,` भट्टराईले भने ।

आगामी आर्थिक वर्ष सरकारले ७० वर्षे उमेर हदलाई घटाएर  ६८ वर्षमा वृद्धभत्ता दिने व्यवस्था गरेको जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार