देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गल्ती गर्नेलाई पार्टीले संरक्षण गर्दैन : अध्यक्ष दाहाल

0

(नवलपरासी) – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताएका छन् । प्रेस सङ्गठन नेपाल नवलपुरद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले कसैले गल्ती गरेको भए उसलाई पार्टीले संरक्षण नगर्ने बताएका हुन् ।

तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्रीको विषयमा आएको कुराका बारेमा प्रधानमन्त्रीले तत्काल पहल लिएर उनलाई राजीनामा दिने र बाँकी अनुसन्धान गर्नुपर्ने विषय भए सम्बन्धित निकायले अनुसन्धान गर्ने भन्ने पहल लिएकाले त्यो समस्या समाधानको विषयतिर गएको उनले बताए । अहिले सबै विषय अनुसन्धानको प्रक्रियामा रहेको भन्दै उहाँले गल्ती गर्नेलाई छुट दिने पक्षमा आफूहरु नरहेको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी परिमार्जन सहित पारित हुने बताए । राष्ट्रिय हितमा हुने गरी परिमार्जन गरेर एमसीसी पारित गरिने भन्दै उनले एमसीसीबाट तर्सिन पर्ने वा ठाडै अस्वीकार गर्नपर्ने अवस्था नरहेको स्पष्ट पारे ।

दीर्घकालीन रुपमा नेपाललाई हानी नहुने गरी एमसीसी पारित गर्न नेकपाले अध्ययन कार्यदल बनाएको भन्दै उनले सो कार्यदलले बुझाएको सुझाव सहितको प्रतिवेदन अनुसार परिमार्जन गरेर एमसीसी पारित गरिने बताए । दीर्घकालीन राष्ट्रिय हितमा असर नदेखियोस भनेर पार्टीले अध्ययन कार्यदल बनाएको भन्दै उनले कार्यदलको सुझाव अनुसार सहमति जुटाउने प्रयास हुने उल्लेख गरे ।

‘एमसिसी परिवर्तन नै हुन नसक्ने दस्तावेज नभएकाले परिमार्जित गरेर अगाडि बढाउने तयारी भइरहेको छ”, उनले भने, ‘यो विषयमा सचिवालयले छलफल गरेर त्यसलाई टुङ्गोमा पुर्‍याउनेछ ।’

अध्यक्ष दाहालले सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा समेत नेकपाभित्र व्यापक छलफल भइरहेको बताउँदै पछिल्लो समय सरकारले काममा गति लिएको र आउने दशकलाई विकासको दशक, युवाहरुलाई आम रुपमा रोजगारीको दशक र समृद्धिको नयाँ आधारशिला बनाउन चाहेको उल्लेख गरे ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार