देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गाउँपालिका अध्यक्षको सवारी दुर्घटनामा मृत्यु

0

(नवलपरासी) – पश्चिम नवलपरासीको  प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा गाउँपालिकाका सवारी चालक प्रतापपुर गाउँपालिका ५ का हरिलाल राजभर घाइते भएका छन् ।

गाउँपालिकाको लु १ झ ३७० नम्बरको सवारी दुर्घटना हुँदा गम्भीर घाइते भएका शर्माको उपचारका लागि चिसापानी सामुदायिक अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलरासीका प्रमुख एसपी अजय केसीले बताए ।

उक्त दुर्घटना बर्दघाट–त्रिवेणी सडकखण्डको लक्ष्मीपुरमा भएको हो । अध्यक्ष शर्मा जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन सदरमुकाम जाँदै थिए ।

पोस्टमार्टका लागि मृतक शर्माको शव पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको छ । ५१ वर्षीय शर्मा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार