देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गाउँपालिका महासंघको अध्यक्षमा कांग्रेसकी पाण्डे निर्वाचित

0

काठमाडौं – गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे निर्वाचित भएकी छिन् । नव निर्वाचित पाण्डे नवलपुरको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष हुन् ।

काठमाडौंमा मंगलबार सम्पन्न भएको महासंघको तेस्रो महाधिवेशनबाट पाण्डे ५ वर्षे कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् ।

नयाँ नेतृत्वका लागि राजनीतिक दलहरुले गरेको भागबण्डा अनुसार स्थानीय तहमा सबैभन्दा धेरै पालिका जितेको नेपाली कांग्रेसबाट महासंघको अध्यक्षमा पाण्डे र उपाध्यक्षमा जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही चयन भएका हुन् ।

त्यस्तै नेकपा एमालले महासचिव, सचिव र ७ जना सदस्य पाएको छ । महासचिवमा एमालेको तर्फबाट स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा र सचिवमा सिन्धुलीको फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवार निर्वाचित भएकी छन् ।

त्यसैगरी माओवादीको भागमा परेको कोषाध्यक्षमा अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्ट चयन भएका छन् ।

पदाधिकारी सहित ३६ सदस्ययी महासंघको कार्यसमिति चयन भएको छ । जसमा गाउँपालिकाका अध्यक्ष २७ जना छन् भने ८ जना गाउँपालिकाका उपाध्यक्ष र एक जना वडा सदस्य कार्यसमितिमा आएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार