देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गाउँ–गाउँ पुगेर गुर्जोका बेर्ना बाँड्दै कांग्रेस नेता खतिवडा

0

ओखलढुङ्गा – नेपाली कांग्रेसका युवा नेता एवं पूूर्वसभासद् रामहरि खतिवडाले गृहजिल्ला ओखलढुंगाका गाउँमा गुर्जो खेती विस्तारका लागि बेर्ना वितरण गरेका छन् । दसैँ मनाउन गृहजिल्ला पुगेका नेपाली कांग्रेसका युवा नेता खतिवडाले मानेभञ्ज्याङ गाउँपालिकाका सबै वडामा गुर्जो खेतीका लागी बेर्ना वितरण गरेका हुन् ।

पछिल्लो समय कोरोनाका कारण चर्चामा आएको रोगप्रतिरोधात्मक क्षमता बढाउने जडीबुटीका रुपमा लिइने गुर्जो मानेभञ्ज्याङका दुई हजार सात सय तथा सुनकोशी र सिद्धिचरणका विभिन्न वडामा तीन सय गरेर तीन हजार बिरुवा रोपिने खतिवडाले बताए । गुर्जो खेती विस्तारका लागि गाउँपालिकाका नौवटै वडामा तीन–तीन सयका दरले र बाँकी सुनकोशीको कटुुञ्जेलगायत गाउँमा रोप्ने गरी वितरण गरिएको नर्ता खतिवडाको भनाइ छ ।

‘गुर्जो निकै नै उपयोगी जडीबुटी रहेछ । हावापानी पनि यसका लागि हाम्रो गाउँघर राम्रो भएकाले मागेर नभई खेती विस्तार गरेर उब्जाउ गराउने उद्देश्यले स्थानीय तहका जनप्रतिनिधिमार्फत गाउँ–गाउँमा गुर्जोका बिरुवा पठाएँ’, खतिवडाले भने, ‘अहिले म गाउँगाउँमा कोरोनाको कहर झेलिरहेका जनताका बीचमा छु । कोरोनाको ओखती छैन, बरु स्वस्थ रहौंँ । जडीबुटीमै बल गरौँ भनेर काठमाडौंको नर्सरीबाटै गुर्जोका बिरुवा ल्याएर गाउँमा रोप्नका लागि दिएँ ।’

गाउँपालिकाका अध्यक्ष मोतीराज राईले सबै नागरिकलाई स्वस्थ रहन र रोग प्रतिरोधात्मक क्षमता बढाउन जडीबुटीजन्य पदार्थको सेवन गर्ने बानीको विकास गराउन आफूहरु लागेको बताए । कोरोनाबाट बच्नसमेत गुर्जो उपयोगी हुने भनिएपछि गुर्जो खोजेर सेवन गर्नेको लहर नै चलेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार