देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गाडीको ठक्करबाट मोरङमा ३ को मृत्यु

0

(विराटनगर) – पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी सडकखण्डमा गाडीको ठक्करबाट तीन जनाको मृत्यु भएको छ ।

कानेपोखरी गाउँपालिका–७ मा स्कोरपिओ गाडीको ठक्करबाट बिहीबार राति तीन जनाको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतिर आउँदै गरेको बा १४ च ९६४३ नम्बरको गाडीले पैदल यात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले जानकारी दिए ।

पैदल यात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको स्कोरपिओले मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट मोटरसाइकल चालक पाँचथरको फिदिम नगरपालिका–२ का अन्दाजी ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र पछाडि सवार अन्दाजी ३५ वर्षीय पहिचान नखुलेका अर्का पुरुषको मृत्यु भएको डीएसपी गिरीले बताए ।

पहिचान नखुलेका पुरुषको घटनास्थलमै र गुरुङको उपचारका क्रममा नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको होे ।

दुर्घटनापछि स्कोरपिओका चालक सुनसरीको इटहरी उपमहानगरपालिका-४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार