देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गुपचुप रुपमा ल्याइएको विवादित अध्यादेश (पूर्णपाठसहित)

0

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी भएको हो ।

सरकारले मंगलबार ल्याएको विवादित अध्यादेशमा संवैधानिक परिषदमा तीन जना मात्रै सहभागी भएपनि बैठक बस्न र निर्णय गर्न मिल्ने प्रावधान राखेको छ ।

अध्यादेशमा अध्यक्षसहित तत्काल बहालमध्ये बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने उल्लेख छ । यो प्रावधानले ३ जना सदस्य भए पनि बैठक बस्न सक्नेछ ।  हाल ५ जना सदस्य मात्रै पदमा बहाल छन् ।

अध्यादेशअनुसार, अब सभामुख र प्रमुख विपक्षी दलको नेता अनुपस्थित भए पनि बैठक बस्ने र तीन जनाको सहमति भएमा जुनसुकै निर्णय गर्न सक्नेछ । संवैधानिक परिषद काम कर्तव्य र कार्यविधिको उपदफा ३ र ५ संशोधन गरेर यस्तोे व्यवस्था गरिएको हो भने ६ र ७ हटाइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार