देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गुल्मीमा कोरोना संक्ररमणबाट थप एकको मृत्यु

0

(गुल्मी) – गुल्मीका कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण धुर्कोट गाउँपालिका–४ जैसिथोकका ३६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

रेसुङ्गा नगरपालिका–९ स्थित उपल्लो तम्घासस्थित आइसोलेसनमा उपचाररत उनको गएराति मृत्यु भएको हो । धुर्कोट गाउ“पालिका जैसीथोकका युवाको कोरोना संक्रमणका कारण गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले पुष्टि गरे ।

क्यान्सर रोगबाट पीडित ती युवा भारतको दिल्लीमा उपचार गरी फर्केका थिए । भारतबाट आएर धुर्कोटको क्वारेन्टिनमा रहेका बेला जेठ १२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि उनले जेठ १३ गतेदेखि तम्घासमा रहेको आसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट भने यसको आधिकारिक पुष्टि भइसकेको छैन ।

योसँगै नेपालमा कोरोना संक्रमण पोजेटिभबाट मृत्यु हुनेको संख्या गुल्मीमा दुई पुगेको छ । यसअघि गुल्मीको मदाने गाउँपालिका, पुर्कोटदहका ४१ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार आइतबार बिहानै उनको धुर्कोटस्थित आफ्नै क्षेत्रमा शव व्यवस्थापन गरिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार