देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गुल्मीमा ५० वर्षमा पहिलो महिला सिडिओ

0

गुल्मी – ३९ औं प्रमुख जिल्ला अधिकारीको रुपमा रुद्रादेवी शर्मा गुल्मी आएपछी उनको चर्चा चल्न थालेको छ । गुल्मीले ५० वर्षे इतिहाँसमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) पाएको बताइएको छ। यसअघि रामेछाप सोहि जिम्मेवारीमा रहेकी बाग्लुङको बलेवा घर भएकी शर्मा ०६६ सालमा अधिकृत पदमा नाम  निकालेर सरकारी सेवामा प्रवेश गरेकी थिइन् ।

उनले पहिले राष्ट्रिय योजना आयोग, संचार मन्त्रालय, श्रम मन्त्रालय लगायतमा थुप्रै वर्ष काम गरेकी छन् । तर, प्रमुख जिल्ला अधिकारीको दोस्रो जिम्मेवारी गुल्मीमा शर्माको लागि अवसर र चुनौति दुवै हो ।

पत्रकारहरुसँगको अन्तर्क्रियामा प्रमुख जिल्ला अधिकारी शर्माले शान्ति सुरक्षा र अपराध न्यूनिकरणसंगै सबैको समन्वयमा विकासको काममा सहयोग पुर्‍याउने  नै आफ्नो पहिलो काम भएको बताइन् । उनले सबै सरकारी कार्यालयहरुको सेवा प्रवाहलाई चुस्त, सरल नागरिकमैत्री बनाउने अर्को जिम्मेवारी भएको बताइन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार