देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गुल्मी जिल्ला अदालतमा  ७२ वर्षको उमेरमा सम्बन्ध विच्छेद

0

गुल्मी – गुल्मीमा ६९ र ७२ वर्ष उमेर पार गर्न लागेका एक वृद्ध दम्पतीले सम्बन्ध विच्छेद गरेका छन् । गुल्मी दरबार गाउँपालिका-४ वीरबार भट्टेचौर निवासी दुई वृद्ध दम्पतीले गुल्मी जिल्ला अदालतमा  शुक्रबार कानूनी रुपमा सम्बन्ध विच्छेद गरेका छन् ।

शुक्रबार अपरान्ह अदालत परिसरमा भेटिएका ती दम्पती आफ्ना छोराछोरी र नातिनातीनाहरुसँगै सम्बन्ध बिच्छेदका लागि आएका थिए । ७२ वर्षका श्रीमान तीलबहादुर विश्वकर्मा र ६९ वर्षकी श्रीमती बाटुली विश्वकर्मा अन्ततः शुक्रबारदेखि कानुनी रुपमै छुट्टिएका छन् । मुद्दाको प्रक्रिया टुंगिएपछि औपचारिक रुपमै दुवै जना अलग-अलग बनेका हुन् ।

आफ्ना पहिलेका श्रीमानकाे निधनपछि बाटुलीले २०५२ सालमा दोस्रो विहेको रुपमा तीलबहादुरसँग विहे गरेका हुन् । बाटुलीका ६ जना छोरीहरु छन् । उनीहरु सबैको विहे समेत भैसको छ । तीलबहादुरसँग विहे गरेपछि बाटुलीको कोखबाट जन्मेकी एक छोरी पनि २६ वर्षकी भैसकेकी छन् । तीलबहादुर यतिबेला जेठी श्रीमती खगिश्वरा विकसँग बस्दै आएका छन् भने बाटुली आफ्नी कान्छी छोरीसँगै पहिलेका श्रीमानको घरमा छिन् ।

गुल्मीमा सम्बन्ध विच्छेदका घटना दिनानुदिन बढ्दै गएका छन् । तर गुल्मी जिल्ला अदालतमा  ७२ वर्षको उमेरमा सम्बन्ध विच्छेदको घटना भने यो पहिलो हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार