देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गृहमन्त्रीका अपराधजन्य गतिविधि दबाउन सिरोहिया गिरफ्तार

0

काठमाडौं – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको घटनाप्रति समाजवादी प्रेस संगठनले आपत्ति जनाएको छ । 

सञ्चार गृहमा पसेर बर्दिधारी प्रहरीले सिरोहियालाई कार्यकक्षबाटै गिरफ्तार गरेको भन्दै संगठनले घटनाको निन्दा गरेको छ । संगठनका अध्यक्ष विश्वमणि सुवेदीले सञ्चारक्षेत्रमाथि विगतमा पञ्चायत तथा शाही सत्ताले समेत हिम्मत गर्न नसकेको बर्बरतापूर्ण व्यवहार प्रदर्शन गरिएको बताएका छन् ।

गृहमन्त्री रवि लामिछानेका सहकारी ठगी, दोहोरो राहदानीलगायतका विषयमा निरन्तर समाचार प्रवाह गरिरहेको र उनीउपर कानूनी सजायका निम्ति खबरदारी गरेकोले राज्यले प्रतिशोध साँध्दै सिरोहियालाई पक्राउ गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ । 

‘स्वतन्त्र सञ्चारगृहभित्र प्रहरीको परेड देखाएर सिंगो सञ्चार क्षेत्रलाई आतंकित पार्ने सरकारको प्रयत्न प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका प्रतिकूल छ’, विज्ञप्तिमा भनिएको छ।

समाचारका विषयमा कुनै आपत्ति या प्रतिक्रिया भए त्यसका निम्ति विद्यमान सञ्चार कानून तथा राज्यद्वारा खडा गरिएको निकायमार्फत प्रस्तुत गर्न सकिने अवस्था हुँदाहुँदै गृहमन्त्रीका अनेकौं अपराधजन्य गतिविधि दबाउनका निम्ति यस्तो हर्कत गरिएको दाबी गर्दै समाजवादी प्रेस संगठनले सिरोहियाको तत्काल रिहाइ तथा प्रेस क्षेत्रमाथि सिर्जना गरिएको भयपूर्ण वातावरणको अन्त्यका निम्ति सरकारसमक्ष माग गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार