देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गृहमन्त्रीको मुद्दा हेर्ने इजलासमा एक जना न्यायाधीश फेरिए

0

काठमाडौं – गृहमन्त्री रवि लामिछानेको मुद्दा सुनुवाई गर्ने इजलासमा एकजना न्यायाधीश फेरिएका छन् ।

नागरिकता सम्बन्धी मुद्दा हेर्न यसअघि उक्त इजलासमा नरहनेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अहिले संवैधानिक इजलासमा छन् भने प्रकाशमानसिंह राउत हटेका छन् ।

वरिष्ठतम न्यायाधीश श्रेष्ठ यसअघि २२ पुसको सुनुवाइमा बिदामा थिए । यसअघिको सुनुवाइमा रहेका कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा यथावत छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको सुनुवाई सर्वोच्च अदालतमा आज हुँदैछ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार