देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गृहमन्त्रीले ‍फाइल खोल्दिम् भनेर तर्साउने हो कि, फैसला गर्ने हो ? – गगन थापा

0

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेले भनेका विषयमा फाइल खोल्न कांग्रेस तयार रहेको बताएका छन्।

गृहमन्त्री लामिछानेले संसदमा सम्बोधन गरेपछि आइतबार साँझ कांग्रेस महामन्त्री थापाले गरेको पत्रकार सम्मेलनमा लामिछानेले आज उठाएका विषयमाथि छानबिन गर्न तयार रहेको धारणा राखेका हुन्।

थापाले लामिछानेको सिंगो प्रयास सांसद र जनतालाई बहकाउने प्रयास भएको बताए। थापाले लामिछाने गृहमन्त्री हो कि टेलिभिजन प्रस्तोता हो भन्दै प्रश्न उठाए। उनले भने,‘तेरो फाइल खोल्दिम, तेरो अनुसन्धान गर्दिम भनेर तर्साउने हो र ? गृह मन्त्रालय भनेको ठूलो जिम्मेवारी हो, धमाधम फाइल खोल्ने हो, धमाधम अनुसन्धान गर्ने हो, गलत भए कारबाही पो गर्ने हो त ।’

थापाले कांग्रेसले लामिछानेलाई प्रधानमन्त्री बनाउन कुनै अफर नगरेको बताए। तर उनले रास्वपाका नेताले डेमोक्रेटिक अलाइन्स बनाउन तयार रहेको सन्देश लिएर आइरहेको उल्लेख गरे। 

थापाले संसदमा सहकारीबाट ऋण लिएको छैन भनेपनि लामिछाने सहकारी ठगीमा संलग्न रहेको प्रमाण आफूसँग रहेको दाबी गरे। उनले सहकारीबाट ऋण लिएर गोर्खा मिडियामा शेयर किनेको कागजातबाट पुष्टि हुने दाबी गरे।

थापाले संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक पनि चल्न नदिने बताएका छन् ।सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तयारी गरेका छन् । तर महामन्त्री थापाले जुन उद्देश्यका लागि छानबिन समिति माग गरिएको हो, त्यही अनुसार गठन भए मात्र संसद चल्न दिने बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार