देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गृहमन्त्री खाँणद्वारा हेलम्बुको चनौटेस्थित मेलम्ची खोलाको पुल उद्घाटन

0

सिन्धुपाल्चोक – गृहमन्त्री बालकृष्ण खाँणले हेलम्बुको चनौटेस्थित मेलम्ची खोलामा निर्माण भएको पुल (बेलिब्रिज) उद्घाटन गरेका छन् ।

गत साउन १६ र १७ मेलम्ची खोलामा आएको बाढीले चनौटेबजारस्थित पुल बगाएको थियो । हेलम्बु गाउँपालिका– २ र ७ जोड्ने सो पुल नेपाली सेनाले बनाएको हो ।

पुल उद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले मेलम्चि खोलामा आएको बाढिका कारण हुन पुगेको क्षतिको नेपाल सरकारले पुर्ण विवरण संकलन गरिसकेको र प्राथमिकताका आधारमा यसको सम्बोधन गर्दै जाने बताए । ‘मेलम्चि खोलामा यो लगायत धेरै पुलहरु बगाएको छ । बगाएको ठाउँका सबै पुल नेपाल सरकारले यथाशिघ्र बनाउने छ ।’ उनले भने ‘पुल मात्र बनाएर सरकार पन्छिने दाउमा छैन जनताका सबै समस्याको समाधान गर्न सरकार तपाइँहरु सँगै छ ।’

उनले जनप्रतिनिधि र स्थानीय बाढीपीडितलाई भेट्दै सम्पूर्ण समस्यालाई समाधान गर्न लागिपर्ने आश्वासन दिए । बाढी आएको सात महिना बितिसक्दा पनि पुलको डीपीआर नभएको जनप्रतिनिधिको गुनासो सुनेपछि मन्त्री खाँणले तत्कालै सम्बन्धित नियकालाई गम्भीर बन्न निर्देशन दिएका थिए । ‘सरकार सधैं यहाँको प्रत्येक समस्याबारे पहलकदमीमा लागिरहनेछ, निश्चिन्त हुनुस्,’उनले भने ।

सभामा स्वागत मन्तब्य राख्दै हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुको लाइफ लाइनको रुपमा रहेको बेलिबृज बनाउने कार्यमा सहयोग गर्ने नेपाल सरकार गृह मन्त्रालय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् नेपाली सेना स्थानिय सरकार राजनिकदल लगायत सम्पुर्णलाई धन्यवाद दिँदै बाढिका कारण पुगेको क्षति तर्फपनि सरकारको ध्यानाकर्षण गराएका थिए ।

अध्यक्ष शेर्पाले सरकारी निकायको ढिलासुस्तीले बाढीपीडितको सुरक्षित आवास, भेमाथाङ पहिरोको अध्ययन र भौतिक तयारीसहित अझै डीपीआर नगरिएको दुखेसो मन्त्री खाँणसमक्ष गरेका थिए ।

‘यो पुल बन्नु त आफैंमा सुखद कुरा हो यसको साथै मेलम्चि चौतारा जोड्ने पक्कि पुल दुबाचौर जोड्ने पुल लगायत हेलम्बुका बाँकी पुलहरु यथशिघ्र बनाउन जोडदार माग गर्दछु ।’ शेर्पाले भने ‘पुल बनेर मात्रै सबै समस्या समाधान हुँदैन काठमाडौंबासीलाई पानि खुवाउने यस गाउँपालिकाका नागरिक हरुकव दिगो व्यवस्थापनको लागी सरकारले अधिकार सम्पन्न छुट्टै समिति बनाएर कार्य अघि बढाउनुपर्छ ।’

No description available.

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले कात्तिक ४ गते स्थानीय चनौटे र भिरखर्क जोड्ने पुल नेपाली सेनालाई निर्माण गर्ने जिम्मेवारी दिएको थियो । करिब नौ सातामा तयार गरिएको पुल आजै सडक विभागलाई हस्तान्तरण गरिएको छ । ४८।७७ मिटर लम्बाइ र ४।२० मिटर चौडाइ रहेको उक्त पुलको भारवहन क्षमता २४ टन छ ।

बाढी आएर पुल बगाएपछि खोला वारिपारि गर्न निकै कष्ट बेहोर्दै आएका स्थानीयवासीलाई नयाँ पुल निर्माणपछि अत्यावश्यक खाद्य सामग्री ओसारपसार र बिरामी हुँदाका बखत उपचारका लागि काठमाडौँलगायतका स्थानमा आवतजावत सहज भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार