देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गृहमन्त्री थापाले भने, ‘विभेद अमेरिकामा पनि छ’

0

(काठमाडौं) – गृहमन्त्री रामबहादुर थापाले मुलुकमा जातीय विभेद अन्त्य गर्नका लागि अभियान चलाउनुपर्ने बताएका छन् । सिंहदरवारमा मंगलबार बसेको प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री थापाले यस्तो बताएका हुन् ।

थापाले रूकुम पश्चिमको चौरहजारीमा भएको जस्ता जातीय घटना अमेरिकामा समेत हुने गरेको बताए । उनले संसारको सबैभन्दा बढी लोकतान्त्रिक र समृद्ध मुलुकमा समेत जातीय विभेदका घटना भइरहेका बताएका हुन् ।

उनले भने, ‘अहिले यो एउटा संयोग भनौं । अथवा यसलाई सामाजिक प्रक्रियाको रुपमा मानौं । संसारको सबैभन्दा शक्तिशालि, समृद्ध, सबैभन्दा सभ्य र लोकतान्त्रि भन्ने देश अमेरिकामा पनि ठीक यही समयमा यस्तै घटना घटेको छ । जातिय उत्पीडनको त्यहाँ घट्ना घटेको छ । कालो वर्णका एक नागरिकमाथि राज्यले अनावश्यक दमन गरेर उसको हत्या गरेको छ भन्ने र त्यसले अमेरिकामा एक प्रकारको विद्रोह जन्माएको छ ।’

अमेरिका लोकतन्त्रको उच्चतम रुप भएको ठाउँमा समेत विभेद अन्त्य नभएको प्रतिक्रिया दिएका हुन् । नेपालमा कानूनी र राजनीतिक रूपमा विभेद अन्त्य भए पनि व्यवहारिक रूपमा विभेद रहेको उनको भनाइ छ । अमेरिकामा पछिल्लो समय प्रदर्शन भइरहेको बताउँदै उनले नेपालमा भने जनता संयमित रहेकोमा उल्लेख गरे ।

समितिको मंगलबारको बैठकमा रुकुममा भएको दलित युवाहरुको हत्याको विषयमा छलफल भएको थियो । छलफलका क्रममा सांसदहरूले रुकुम घटना जातीय विभेदका कारण भएको बताउँदै सरकारले कानून भएपनि त्यस्ता विभेद अन्त्य गर्न नसकेको बताएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार