देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गृहमन्त्री र संसद्का महासचिव कानुनभन्दा माथि हुन् ? – कोइराला

0

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछाने र संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको दोहोरो नागरिकता र राहदानीको विषयमा प्रश्न उठाएका छन्।

नेपाल प्रेस युनियन कोसी प्रदेशले गरेको स्थापना दिवस समारोहमा नेता कोइरालाले कानुनका नजरमा नागरिकलाई कोही तल, कोही माथि बनाउने कुरा लोकतन्त्रमा शोभनीय नहुने बताएका हुन् ।

‘उही गृहमन्त्रीको दुईवटा देशको पासपोर्ट, दुईवटा नागरिकता हुँदाखेरी के भयो, अहिले तपाईंहरूले देखिरहनुभएको छ। संघीय संसद्को महासचिव पद्मप्रसाद पाण्डेय, उहाँको पनि दुईवटा नागरिकता र दुईवटा पासपोर्ट सार्वजनिक भएको छ। उहाँको केही हुँदैन। किन हुँदैन ?,’ कोइरालाले भने, ‘जुन देशमा कानुन छ त्यो कानुन के भित्र बस्नेहरूलाई लाग्दैन ? गृहमन्त्री भएको नाताले उहाँलाई सहकारी ठगीमा उन्मुक्ति दिने ?’

कोइरालाले सहकारी ठगीमा गृहमन्त्री ‘इन्भल्व’ देखिएको भन्दै गृहमन्त्री भएकै कारण उन्मुक्ति खोजिरहेको बताए। ‘यसमा कुनै पनि/कतै पनि द्विविधा छैन, जसले जोगाउन खोज्छ, त्यो पार्टी होस्, व्यक्ति होस्, ती सबै एक्सपोज भएर जान्छन्,’ डा. कोइरालाले भने, ‘किन भने मकै बेचेर, चिया बेचेर, पानी बेचेर जनताले सहकारीमा गरेको बचत कसैलाई ठगी गर्नका लागि होइन।’

गृहमन्त्री लामिछानेले गल्ती गरेको छ्रैन भन्दै पटक पटक दोहोर्‍याएर ठगीको कसुरबाट उन्मुक्ति खोजिरहेको उनले बताए। कोइरालाले भने, ‘उहाँ आफैँ टीओआरमा लचक भइदिन भनेर आफूमाथिको छानबिन कमजोर पार्ने र उन्मुक्तिको आधार बनाउन खोज्दै हुनुहुन्छ। यो ठगीमा संलग्नताको प्रमाण नै हो।’

कोइरालाले नागरिकताका विषयमा पक्राउ परेको कैलाश सिरोहियाका नागरिकतामा गडबडी छ वा छैन भन्ने विषयमा आफ्नो कुनै दाबी नरहेको भन्दै पक्राउको शैली र समयले गृहमन्त्रीमाथि प्रश्न उठाएको बताए। ‘कैलाशजीको गिरफ्तारीले हाम्रो एउटा उखान याद गराएको छ। बुद्धि मरेको भन्दा पनि काल पल्केको चिन्ता,’ उनले भने।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार