देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गैंडाको खागसहित काठमाडौंबाट एक जना पक्राउ

0

काठमाडौं – गैंडाको खाग सहित काठमाडौंबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी ईनरुवा नगरपालिका-७ घर भई काठमाडौं कपन बस्ने ४९ वर्षीय राजेन्द्र रिजाल रहेका छन् ।

संरक्षित वन्यजन्तु गैंडाको खाग कारोबारमा संलग्न रहेको अभियोगमा सुनसरी ईनरुवा नगरपालिका-७ घर भई काठमाडौं कपन बस्ने रिजाललाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका-६ चुच्चेपाटी पासाङ ल्यामु चोकबाट गैंडाको खाग भन्दै बिक्री गर्न साथमा लिई हिंडिरहेको अवस्थामा रिजाललाई महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

रिजाललाई थप अनुसन्धान तथा कारवाहीको लागि गैंडाको खाग सहित जिल्ला वन कार्यालय हात्तीसार पठाइएको उक्त महाशाखाले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार