देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गोपालको शब्द, स्वरूपको स्वरमा ‘चोरी सुटुक्क मन’

0

काठमाडौं – गम्भीर विष्ट र ऋचा थापा फिचर्ड गायक स्वरूप राज आचार्य र गायिका मिलन नेवारको युगल गायनमा समावेश ‘चोरी सुटुक्क मन बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सुगम संगीतमा आधारित यस गीतलाई वरिष्ठ शम्भुजित बास्कोटाले संगीतवद्द गरेका हुन् । गीतमा गोपाल प्याकुरेलको शब्द रहेको छ । यस गीतलाई मनोहर सुनामले संगीत संयोजन गरेका हुन् ।

प्रेम सम्बन्धमा आउने उतार चढावलाई म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ । सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई लुज सिंहले छायांकन गरेका हुन् ।

भिडियोमा सुनिल थापाको सम्पादन रहेको छ । मिना भट्टराई उत्पादक रहेको यस भिडियोलाई गजित विष्टको निर्देशनमा तयार पारिएको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार