देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गोपाल पौडेल ‘बसन्त’का दुई कृति सार्वजनिक

0

काठमाडौं – सहप्राध्यापक गोपाल पौडेल ‘बसन्त’का दुई कृति सार्वजनिक भएका छन् । ‘हे देव तिमी’ नेपाली र ‘आउट अफ बक्स’ अङ्ग्रेजी भाषाका कृति आध्यात्मिक चेतना र जीवन जगत् बुझाउने काव्य हुन् ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत धनकुटा क्याम्पसमा लामो समयसम्म अङ्ग्रेजी भाषा र साहित्यको प्राध्याप गराएका ‘बसन्त’ को ‘हे देव तिमी’ मा नौ वटा लामा कविता रहेका छन् । पूर्वीय जीवन पद्धतिका उनका कवितामा ज्ञान र विज्ञानमध्ये ज्ञानको सत्ता नै सर्वोपरी हुने सत्य स्थापना गरिएको छ ।

त्यसभन्दा भिन्न अङ्ग्रेजीको ‘आउट अफ बक्स’ चाहिँ २२८ वटा छोटा कविताहरुको सङ्ग्रह हो । अनुभूति, अध्यात्म, जीवन दर्शन, प्रकृतिलगायतका विविध विषय समेटिएका छोटा कविता साँच्चिकै कलात्मक पनि रहेका छन् ।

‘बसन्त’का यसअघि तीन वटा कविता सङ्ग्रह प्रकाशन भइ सकेका छन् । तीमध्ये अङ्ग्रेजीको ‘मन’ र ‘मन र प्राण’ संयुक्त राज्य अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीको दक्षिण एसिया अध्ययनमा पाठ्य सामग्रीका रुपमा रहेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार