देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गोरखामा बुहारीलाई करणी गरेको आरोपमा ससुरा पक्राउ

0

काठमाडौं – बुहारी माथि धारिलो हतियार देखाई जबर्जस्ती करणी गरेको आरोपमा ससुरालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका – ८ का ४१ वर्षीय नाम परिवर्तित (अ) बहादुर भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार २०८० साल भदौ १० गते बिहान ९ बजेको समयमा आफ्नै घरमा बसिरहेको बेलामा आफ्नै हाडनाता पर्ने ससुराले धारिलो हातहतियार घाँटीमा राखी मार्ने धाक धम्की देखाई बुहारी नाता पर्ने नाम परिवर्तित (ध) कुमारीलाई जबरजस्ती करणी गरेको आरोप छ ।

पीडित बुहारीले वैशाख १० गते सोमबार दिएको जाहेरी दरखास्तको आधारमा करणी आरोपी ससुरालाई प्रहरीले खोजतलास गरी सिरानचोक – ८ बाट पक्राउ गरेको हो । 

पक्राउ परे लगत्तै करणी आरोपी ससुरालाई जबरजस्ती करणी उद्योग कसुरमा बुधवार मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप गरीएको छ । घट्नाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार