देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गोरखा र सल्यानमा चट्याङ लागेर पाँच जना घाइते

0

काठमाडौं – गोरखा र सल्यानमा चट्याङ लागेर पाँच जना घाइते भएका छन्।

गोरखा सिरानचोक ३ नवलपुरमा घरको पिढीमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर १६ वर्षीय कैलाश भण्डारी घाइते भएका छन्। उनलाई उपचारका लागि पालुङटार लगिएको छ।

त्यसैसरी सोही ठाउँका ४८ वर्षीय पदम बहादुर माझी घरको कोठाभित्र बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर घाइते भएका छन्। उनलाई उपचारका लागि आँपपिपल अस्पताल लगिएको छ।

सल्यानमा चट्याङ लागेर एकै परिवारका तीन जना घाइते भएका छन्। घरमा चट्याङ पर्दा ६६ वर्षीय आशाराम थापाको बायाँ कुम जलेको छ। उनकी श्रीमती ६२ वर्षीय गंगी थापाको दाहिने कुम जलेको छ। उनको नाति १२ वर्षीय दिनरश थापाको छातिको भाग जलेको छ। उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल दाङ लगिएको छ।

यस्तै लमजुङ बेँशीशहर ११ पानीपाखीका ५८ वर्षीय सम्मे दमाई चट्याङको आवाजले घरभित्रै बेहोस भएपछि उपचारका लागि बेँशीशहर जिल्ला अस्पताल लगिएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार