देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गोलाप्रथा गर्दापनि गठबन्धननै विजयि

0

काठमाडौं – राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश एकको अन्य तर्फ सत्ता गठबन्धनका उम्मेदवार गोपाल बस्नेत निर्वाचित भएका छन्।

नेकपा एमालेका उम्मेदवार गुरु बराललाई गोला प्रथामा हराउँदै कांग्रेसका बस्नेत निर्वाचित भएका हुन्।

दुवै उम्मेदवारले बराबर मत प्राप्त गरेपछि राष्ट्रियसभा सदस्य निर्वाचन ऐन अनुसार गोलाप्रथाबाट बिजेता घोषणा गरिएको हो। बराल र बस्नेतले बराबर ४ हजार ४ सय ८८ मत प्राप्त गरेका थिए।

प्रदेश १ बाट महिलातर्फ एकीकृत समाजवादीकी जयन्ती राई र अल्पंसंख्यकतर्फ एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार